धान गोड्ने बेला किसान रोपाइमा व्यस्त (तस्बिरहरू)

डिसी नेपाल
२८ साउन २०८२ १४:५५
24
Shares

काठमाडौं । असारमा छुपुछुपु धान रोप्न व्यस्त हुने किसान यस वर्ष भने साउन अन्तिम भइसक्दा पनि खेतमै छन्।

मधेश प्रदेशमा खडेरी परेसँगै मर्कमा रहेका किसान यतिबेला आकासे पानी पर्न थालेपछि रोपाइमा व्यस्त भएका हुन्।

धनुषालगायत मधेश प्रदेशमा पानी परेपछि बाली लगाउन बाँकी रहेका किसान खेतमा धमाधम काम गरिरहेका छन्।

यसअघिका वर्षमा यतिबेला गोडमेल गर्न बेस्त हुने भए पनि यस पटक पानी नपरेकाले हाल पानी परेसँगै रोपाइ गर्न थालिएको किसानले बताएका छन्। ढिलै भए पनि रोपाइ गर्न सकिने भएपछि किसान हर्षित भएका छन्।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *