पत्रकार राज सरगम निर्देशित लघु चलचित्र ‘कलर अफ टी’ युरोपको ग्रिसमा पुरस्कृत
काठमाडौं । युरोपको ग्रिसमा भएको ‘१२ औं अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सव इरापेट्रा एण्ड अवार्ड्स’को अन्तर्राष्ट्रिय फिल्म निर्णायक मण्डलले ‘कलर अफ टी’लाई पुरस्कृत गरेको छ।
१३ अगस्तको दिन महोत्सव आयोजकले आफ्नो वेब साइटमा आधिकारिक रूपमा पुरस्कृत फिल्महरूको सूचि सार्वजनिक गर्दै लेखेको छ, ‘दोस्रो महोत्सव पुरस्कार राज सरगम (नेपाल) द्वारा लिखित तथा निर्देशित अन्तर्राष्ट्रिय छोटो फिल्म कलर अफ टीलाई जान्छ। ‘
१२औं अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सव इरापेट्रा एण्ड अवार्ड्सले ग्रीसमा विश्वभरका उत्कृष्ट लामा र छोटा वृत्तचित्र र लघु चलचित्रलाई आफ्नो प्रतिस्पर्धात्मक खण्डमा प्रदर्शनको लागि प्रवर्द्धन गर्दछ।
कलर अफ टिले मधेशका ती दलित आदिवासीको कथा भन्छ जो जातीय भेदभावलाई निरन्तरता दिने सुक्षम आक्रमकता र हिंसाका विरुद्व मौन विद्रोह गर्दछ।
लेखक तथा पत्रकार राजको यही फिल्मले गत जुलाइमा कोरियामा दिगो विकास लक्ष्य २०२५ को लागि ‘कोरिया ग्योङ्गी अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा उत्कृष्ट पुरस्कार जितेको थियो।
त्यसैगरी युरोपको जर्मनमा आगामी सेप्टेबरमा हुने ‘कोबानी अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा क्वार्टर फाइनलमा पुग्न सफल भएको छ। साथै युरोपकै मोन्टेनेग्रो पोडगोरिकामा भएको ‘एमओडी फेस्टस्: सल्पसंख्यक खुला दिन २०२५’ पनि अफिसियल छनोट भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment