पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एकजना पक्राउ

डिसी नेपाल
३० साउन २०८२ १९:४३
136
Shares

काठमाडौं। प्रहरीले काठमाडौं महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन र सात राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई हाल काठमाडौं महागरपालिका–१६ चमती डेरा गरी बस्ने २९ वर्षीय शिवराज दराई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, ‘आज दिउँसो निज दराईको कोठा शंका लागि जाँच तथा खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान, सो पेस्तोलमा लाग्ने म्याग्जिन दुई थान र ७.६५ एमएमको गोली सात राउण्डसहित निजलाई टोखा नगरपालिका–९ स्थित होटलको कोठाबाट पक्राउ गरिएको हो।’

दराईलाई हातहतियार खरखजानासम्बन्धी मुद्दामा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको तथा निजविरुद्ध प्रहरी वृत्त कीर्तिपुरबाट २०७८ साल असोज १८ गते अभद्र मुद्दा र २०८० कात्तिक १९ गते लागुऔषध मुद्दासमेत चलेको देखिएको प्रवक्ता बोहराले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *