अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा
फाइल तस्बिर
ढोरपाटन (बागलुङ)। पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा आएको छ। वर्षाका कारण बागलुङ नगरपालिका–१३ कालाखोलामा गत बुधबार बिहान पहिरो झर्दा सडक अवरुद्ध भएको थियो।
आज साँझ मात्रै सडक खुलाउन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए। सडक अवरुद्ध हुँदा बागलुङदेखि बुटवल, पाल्पा, भैरहवा, सुनौलीलगायतका स्थान जाने आउने सवारी रोकिएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment