कृष्ण जन्माष्टमी मेला उद्घाटनमा रिबन काट्ने विषयलाई लिएर रौतहट झडप, मेयरसहित ५ घाइते

डिसी नेपाल
३१ साउन २०८२ १९:१३
220
Shares

रौतहट। कृष्ण जन्माष्टमी मेलाको विषयलाई लिएर देवाही गोनाही नगरपालिकाको धरहरीमा झड्प भएको छ।

धरहरी गाउँमा शनिबार आयोजित मेला उद्घाटन गर्न रिबन काट्ने विषयलाई लिएर उत्पन्न विवाद पछि झड्प भएको हो। झड्पमा परेर जनप्रतिनिधि तथा सुरक्षाकर्मी गरि पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

देवाही गोनाही नगरपालिकाको मेयर प्रेमलाल साह, वरिष्ठ प्रहरी हवल्दार जगदीश यादव ,धनसुन्दर ठाकुर, स्थानीय बासिन्दा श्याम विनय साह र राम विकास साह घाइते भएका हुन।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार घटनामा संलग्न देवाही गोनाही ९ धरहरी टोलका ४० बर्षीय राधामोहन साह, ३५ वर्षीय विनोद साह र २२ वर्षीय रितिक साहलाई नियन्त्रणमा लिइएको छ।

झड्पमा घाइते भएका मेयर साह सहितको गरुडा स्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा उपचार भैरहेको छ। यस घटनाको बारेमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.