सहायक हवल्दार ३० लाख लिएर फरार, असइलाई डेढ करोडको आरोप

डिसी नेपाल
३ भदौ २०८२ १०:१७
824
Shares

काठमाडौं। नेपाल प्रहरीका एक सहायक हवाल्दारले प्रहरी सहायक निरीक्षक (असई) लाई अनलाइन जुवा (बेटिङ) खेलका लागि ३० लाख डुबाएका छन्।

नेपाल प्रहरीकै पूर्व डिएसपीको रकम समेत लगानी रहेको अनलाइन जुवा (बेटिङ)मा सहायक हवल्दारकै रकम ३० लाख डुब्नुले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका कर्मचारी समेत आश्चर्यमा परेका छन्।

नेपाल प्रहरीकै एक असई विनोद पौडेलले सहायक हवल्दार मनिराज उप्रेतीको ३० लाख रुपैयाँ लिएका थिए। प्रहरी स्रोतका अनुसार ती उप्रेतीलाई नेपाल प्रहरीको अनुशासन उल्लंघन गरेको र घुमुवा हुँदा ठमेलका विभिन्न व्यवशायीसँग हप्ता असुलेको आरोपमा नक्सालस्थित १ नम्बर गणमा कारवाही भोगिरहेका छन्।

उनै उप्रेतीको मोटो रकम लिएर फरार रहेका असई पौडेलले प्रहरी नायब निरीक्षक (सई)सहित दर्जनौं कर्मचारीको करोडौं रुपैयाँ ठगेर फरार भएका छन्। प्रहरीले अहिले उनको खोजी गरिरहेको छ।

गत वैशाखदेखि फरार असई पौडेलले घर बनाउने, आमाको उपचार गर्ने र जग्गा खरिद गर्ने नाममा आफ्नै साथी र उपल्लो दर्जाका प्रहरी अधिकृतसँग रकम मागेको भएपनि अनलाइन जुवामा लगानी गरेका थिए। यो विषय सबैलाई थाह भएपनि अहिलेसम्म गुपचुप राखिएको छ।

स्रोतका अनुसार त्रिपुरेश्वर दंगा नियन्त्रणमा दरबन्दी रहेका हवल्दार भोलाकाजी भण्डारीको तीन लाख, अनुसन्धान कार्यालयको सञ्चारमा कार्यरत सहायक हवल्दार दिवाकर फुँयालको ६ लाख, अनुसन्धान कार्यालयकै लेखा शाखाका तत्कालीन सहायक हवल्दार गंगालाल श्रेष्ठको २१ लाख र सहायक हवल्दार मनिराज उप्रेतीको ३० लाख रुपैयाँ लिएर उनी फरार भएका छन्। त्यस्तै, पौडेलले सुन्धारा कारागारमा कार्यरत सई हस्तबहादुर शाहीको ८ लाख रुपैयाँ ठगी गरेका छन्। यसरी ठगिनेमा अन्य प्रहरी अधिकृत तथा जवानहरू समेत छन्।

असई पौडेलले विभिन्न नाममा पैसा सापटी लिए पनि अनलाइन जुवा (बेटिङ) खेल्दै आएका थिए । उनले अधिकांशलाई २० देखि २५ प्रतिशत ब्याज दिने भनेका थिए। त्यसकै लोभमा सहायक हवल्दारले एक पूर्व डिएसपीको समेत पैसा दिँदा डुबेका थिए। प्रहरी स्रोतका अनुसार उप्रेतिको रकम डुबेको भन्दै डिएसपी उपत्याका अपराध अनुसन्धानको कार्यालयमा पनि पुगेका थिए ।

‘पूर्व डिएसपी पनि आउनु भएको थियो, सिपाहीको ३०लाख कसरी आयो भनेर हामीले सोध्यौ तर उहाँले कतैबाट ल्यायो होला नि भन्नुभयो, त्यसको स्रोतको बारेमा पनि हामीले अनुसन्धान गरिहेका छौं, उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले भने। असई पौडेल भने वैशाखदेखि कार्यालयमा हाजिर भएका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.