शाहरूखको छोराको बलिउडमा डेब्यू, हेर्नुहाेस् पहिलो पोस्टर
मुम्बई। बलिउड सुपरस्टार शाहरुख खानका जेठा छोरा आर्यन खान बलिउडमा डेब्यु गर्न तयारी अवस्थामा छन्। आर्यन आगामी वेब सिरिज ‘ब्याड्स अफ बलिउड’ बाट निर्देशकको रुपमा फिल्म उद्योगमा प्रवेश गर्न लागेका हुन्।
यस सिरिजको पहिलो टिजर भिडियो केही दिन अघि सार्वजनिक भएको थियो। अब ‘ब्याड्स अफ बलिउड’को पहिलो पोस्टर पनि सार्वजनिक भएको छ, जसमा वेब सिरिजको स्टार कास्टको खुलासा भएको छ।
ओटीटी प्लेटफर्म नेटफ्लिक्सले आर्यन खानद्वारा निर्देशित वेब सिरिज ‘ब्याड्स अफ बलिउड’ को पहिलो पोस्टर सेयर गरेको छ। यो पोस्टरमा फिल्मको सम्पूर्ण स्टार कास्ट देख्न सकिन्छ । यो पोस्टरसँगै नेटफ्लिक्सले सिरिजको प्रिभ्यू पनि रिलिज गरेको छ।
नेटफ्लिक्सले लेख्यो, ‘पर्दा झर्ने प्रतीक्षा गर्दै हुनुहुन्छ ? यो शो पर्दाको साथ आउँदैछ, द ब्याड्स अफ बलिउड।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment