सुदूरपश्चिमाञ्चल साहित्य समाजको अधिवेशन हुँदै
धनगढी । नयाँ नेतृत्व चयनका लागि सुदूरपश्चिमाञ्चल साहित्य समाजको अधिवेशन हुने भएको छ। आगामी भाद्र १४ गते ११औं अधिवेशनसँगै साधारणसभा हुने भएको हो।
साहित्य समाजका महासचिव गणेश नेपालीले आगामी भाद्र १४ गते हुने निर्वाचनमा सहभागी हुन सबै आजिवन सदस्यलाई आग्रह गरेका छन्। हाल समाजका ६ सय हाराहारी आजीवन सदस्य रहेका छन्।
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ समाजको २०५१ सालमा स्थापना भएको थियो। त्यसयता आफ्नै तीन तल्ले भवन निर्माण गर्नुका साथै समाजले विविध साहित्यिक कार्यक्रम गर्दै आएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment