कोशीमा आमसञ्चार विधेयकको पत्रकारहरुद्वारा उल्टो हिँडेर विरोध

डिसी नेपाल
८ भदौ २०८२ १८:१९
36
Shares

काठमाडौं। कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी विधेयकको केही दफामा असन्तुष्टि जनाउदै पत्रकारहरुले उल्टो हिँडेर विरोध प्रदर्शन गरेका छन्।

प्रेस युनियन कोशी प्रदेश समितिको आव्हानमा पत्रकारहरु विराटनगरको देवकोटा चोक देखि हाटखोला सम्म मुखमा र हातमा कालोपट्टी बाँधेर उल्टो हिँडेका हुन्।

आमसञ्चार विधेयकमा पत्रकारहरुलाई लेखेकै कारण दण्ड जरिवाना गर्ने र प्रेस रजिष्ट्रारलाई अदालतको अधिकार दिएकोमा पत्रकारहरुले विरोध गर्दै आएका छन्।

संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने गरी कोशी प्रदेश सरकारले ल्याएको विधेयक सच्याउन पत्रकारहरुले आग्रह समेत गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.