४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद
बर्दिया । बर्दियामा नेपाल भारत सीमा क्षेत्रबाट ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट पक्राउ परेको छ।
विशेष सुराकीको आधारमा नेपालबाट भारततर्फ अवैध रुपमा चोरी निकाशी गर्दैगर्दा विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) शशस्त्र प्रहरीले फेला परेको हो।
मधुवन नगरपालिका वडा नं ५ गाउँ नं १० को फुलाराम चोकबाट दुई वटा साइकलमा राखेर भारततर्फ लैजाँदै गर्दा एक हजार ९ सय २० थान विद्युतीय चुरोट फेला परेको हो।
विशेष सुराकीको आधारमा शशस्त्र प्रहरी नायव निरिक्षक कमल बहादुर नेपालीका कमाण्डमा गस्ती टोली सो स्थानमा खटाइएको थियो।
स्पेशम्यान एसपि चालिस हजार नामक विद्युतीय चुरोटको बजार मूल्य प्रति थान दुई हजार पाँच सय रहेको छ। सशस्त्र प्रहरी ३१ नं गणका प्रहरी उपरीक्षक मानबहादुर शाहीका अनुसार पक्राउ परेको चुरोटको मुल्य ४८ लाख पाँच हजार रहेको छ।
गस्ती टोली देख्ना साथ चोरी निकासीमा संलग्न दुवैजना सामान र साइकल छोडेर भारततर्फ भागेको उनले बताए।
पक्राउ गरिएको विद्युतीय चुरोट आवश्यक प्रक्रिया पूरा गरी राजापुर भन्सार कार्यालय गुलरियामा बुझाइएको शशस्त्र प्रहरी उपरिक्षक शाहीले बताए। खुला सिमानाका कारण नेपाल भारत सीमा क्षेत्र अबैध सामान ओसारपसार हुने गरेको पाइन्छ ।







डिसी नेपाल







Facebook Comment