कैलाली कारागारमा एक थुनुवाको मृत्यु

डिसी नेपाल
९ भदौ २०८२ १७:३०
520
Shares

धनगढी । कैलाली कारागारमा एक थुनुवाको मृत्यु भएको छ।

जबरजस्तीकरणी मुद्दामा पुर्पक्षमा रहेका टीकापुर नगरपालिका-४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

कारागारका जेलर प्रकाश ढुंगानाका अनुसार रिंगटा लागेको भनेपछि चौधरीलाई उपचारका लागि दिउँसो साढे २ बजेतिर सेती प्रादेशिक अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याइएको केहीबेरमै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए।

उनकाअनुसार जबरजस्तीकरणी मुद्दामा थुनामा राखिएका चौधरीलाई उच्च रक्तचापको समस्या थियो।

ढुंगानाले चिकित्सकले उच्च रक्तचापकै कारण चौधरीको मृत्यु भएको कुरा बताएका छन्। यद्यपि थप कुरा शव परीक्षणपछि खुल्ने उनी बताउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *