अमेरिकामा ‘मिट एण्ड ग्रिट’ वीथ नायक प्रदीप खड्‌का सम्पन्न

डिसी नेपाल
१० भदौ २०८२ ७:३५
212
Shares

अमेरिका। चार भाइ इन्टरटेन्मेटको प्रस्तुतीमा मेरिल्याण्डको गेथेस्बर्गमा नेपाली चलचित्रका सुपरस्टार नायक प्रदीप खड्‌कासँग “मिट एण्ड ग्रीट वीथ प्रदीप खड्का” कार्यक्रम सम्पन्न भएको छ।

नायक खड्‌कासँग उनको फिल्मी क्यारियर, व्यक्तिगत जीवनको बारेमा सहभागीहरूले बुझ्ने मौका पाएका थिए। उक्त कार्यक्रमा दर्शकहरुले नायक खड्का र उनको चलचित्र क्षेत्रमा योगदानको बारेमा प्रश्नोत्तर गरेका थिए। उनीसँग फोटो खिच्ने एवं टिक टक बनाउनेको पनि उस्तै भिड थियो।

“यो माया र साथ अनि नेपाली कलाप्रेमी सन्सारभर फैलीएको र आफूले पाएको सम्मान र साथले मलाई झन् भावुक बनाएको छ,’ अभिनेता खड्काले भने। कलाकारप्रतिको यो सम्मानले आफूमा झन् जोश एवं जिम्मेवारी थपिएको अनुभुति भएकाे उनकाे भनाइ थियाे।

उपस्थित नेपाली कलाप्रेमीहरुले पनि परदेशमा आफ्नो कला र कलाधर्मीसँग भेट्न पाउँदा खुशी लागेको भन्दै आयोजक चार भाइ इन्टरटेन्मेटलाई धन्यवाद दिएका थिए।

‘मेरिल्याण्डको गेथेस्बर्गमा यो कार्यक्रम हामीले पहिलो पटक आयोजना गरेका हौं र यसबाट हामीले कार्यक्रम सफल पनि बनाउन सफल भयाैं। नेपाली कलाकार र कलालाई संसारभर चिनाउने पहिको कदममा हामीले सफलाता हात पारेका छाैं, हामी खुशी छौं,’ कार्यक्रम आयोजक चार भाइ इन्टरटेनमेन्टका प्रमुख दिवश बनले भने।

नेपाली चलचित्रका चर्चित प्रोडक्सन डिजाइनर कृष्ण कोइरालाको संयोजनमा भएको उक्त कार्यक्रममा रियल्टर सन्तोष कोइरालालगायले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सफलताले हौसिएका चार भाइ ईन्टरटेन्टमेन्टका प्रमुख मध्यका एक उत्सव रिमालले अब चाँडै डि.एम. भी. यरियामा लक्षित वृहत रूपमा सांगीतिक कार्यक्रम‌को तयारीमा रहेको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *