कसरी बन्यो फेवाताल? (तस्विरहरू)

टार्जन लिम्बु
११ भदौ २०८२ १२:३५
24
Shares

पोखरा । पोखराको मुटुमा अवस्थित फेवाताल नेपालकै एक प्रमुख पर्यटकीय गन्तव्य हो। यो ताल प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्व र जैविक विविधताले भरिएको स्थल हो, जहाँ वर्षेनी लाखौं आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुन्छन्।

फेवातालको महत्वलाई उजागर गर्न हरेक वर्ष ताल दिवस मनाइन्छ, जसले हामीलाई प्रकृति संरक्षणको सन्देश दिन्छ । समुद्री सतहबाट करिब ७४२ मिटरमा रहेको यो तालको लम्बाइः करिब ४.४ किमी क्षेत्रफलः करिब ६.३४३ वर्ग किलोमिटर रहेको छ।

फेवातालको उत्पत्ति प्राकृतिक भूगर्भीय प्रक्रियाबाट र ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको मान्यता छ।

यो ताल ‘वैदाम’ गाउँको छेउमा पर्ने हुँदा ‘वैदाम ताल’ पनि भनिने गरिन् । तालको बीचमा ‘बराही मन्दिर’ रहेको छ। फेवातालको मुख्य स्रोत हर्पन खोला हो। जुन १० किलोमिटर परबाट बगेर यो तालमा मिसिन्छ।

यो खोलाबाट करिब ७० प्रतिशत पानी फेवा तालमा आउँछ। बाँकी अन्य स्रोतहरू पनि छन्। फिक्रे खोला, चिसापानी खोला, मुलाबारि खोला र सेदी जस्ता खोलाहरूले पानी ल्याउने गर्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *