फरार रहेका दुई अभियुक्त १५ वर्षपछि पक्राउ
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १५ वर्षअघिको अपहरण र बलात्कार मुद्दाका फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा दाङको साविक पुरहरि गाविस–८ का यादव टण्डन र सोही ठाउँका चन्द्रबहादुर बीएम बुढामगर छन्।
उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले जानकारी दिए।
उनीहरूले १५ असार २०६७ मा तुलसीपुरबाट एक युवतीलाई जबरजस्ती अपहरण गरी दाङकै पात्लु खोला बगरमा लगेर बलात्कार गरेका थिए । यो घटनामा उनीहरूलाई अदालतले दोषी किटान समेत गरेको थियो।
टण्डनलाई १६ वर्ष कैद र बुढामगरलाई ६ वर्ष कैद सजाय अदालतले सुनाएको थियो । फैसला कार्यान्वयका लागि उनीहरूलाई अदालत पेस गर्ने तयारी गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment