माग्ने बूढाको काँधको हड्डी फ्याक्चर

डिसी नेपाल
११ भदौ २०८२ १५:४२
3.6k
Shares

काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’को दायाँ काँधको हड्डी फ्याक्चर भएको छ। मंगलबार कुपण्डोलमा ब्याडमिन्टन खेल्ने क्रममा उनी घाइते भएका थिए।

घाइते भए पनि माग्ने बुढा नियमित काममा थिए। तर, आज दुखाइ बढेपछि चेकजाँचका लागि एभरेस्ट हस्पिटल पुगेका थिए। हस्पिटलमा चेकजाँचको क्रममा उनको दायाँ काँधको हड्डी अलिकति फ्याक्चर भएको रिपोर्टले देखाएको छ।

यससँगै उनले अब चिकित्सको सुझाव अनुसार एक महिना आराम गर्नुपर्ने भएको छ। उनको उपचारमा संलग्न डाक्टर सम्पूर्ण महर्जनले माग्नेलाई चार हप्ता आराम गर्न सुझाव दिएका छन्।

अहिले माग्ने बूढाको चलचित्र ‘माग्ने राजा’ हलहरूमा चलिरहेको छ। चलचित्रले दर्शकको राम्रो साथ पनि पाइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *