टी–२० अभ्यास खेल: साउथ अस्ट्रेलियालाई नेपालको १४७ रनको लक्ष्य
काठमाडौं। टी–२० अभ्यास खेलमा खेलमा नेपालले साउथ अस्ट्रेलियालाई १४७ रनको लक्ष्य दिएको छ।
पहिलो खेलमा टस जितेर साउथ अफ्रिकाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेका नेपालले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४६ रन बनाएको हो। भीम सार्कीले ३२ बलको सामना गरेर सर्वाधिक ३२ रन बनाए। अलराउन्डर दीपेन्द्र सिंह ऐरीले १९ बलको सामना गरेरर २६ रन जोड्दा आशिफ शेखले १३ बलको सामना गरेर २२ रन बनाए।
नेपाल र साउथ अस्ट्रेलियाका टी–२० अभ्यासका दुई खेल आजै हुँदैछन्। पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग दोस्रो प्रतिस्पर्धा गर्नेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment