पशुपति आर्यघाटमा महिला मृत फेला, देशका अन्य स्थानमा तीन जनाको शव भेटियो
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा चार जनाको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका-८ पशुपति आर्यघाट नजिकै सतलमा पहिचान नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ स्थित झुप्रा खोलामा पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्।
बाराको महागढीमाई नगरपालिका-८ थलही पुल नजिकै बाटो छेउमा सोही ठाउँ बस्ने ३५ वर्षीय जितेन्द्र गिरी बुधबार मृत अवस्थामा फेला परेका छन्।
बझाङको जयपृथ्वी नगरपालिका-१ स्थित डुङ्ग्री खोलाको कुयापानी भन्ने स्थानमा सोही नगरपालिका-१ भण्डार बस्ने ५५ वर्षीय राम चन्द्र बोहरा बुधबार मृत अवस्थामा फेला परेका छन्।
प्रहरीले सबै घटनाका सम्बन्धमा आवस्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment