चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
काठमाडौं । चितवनमा गैंडाको आक्रमणबाट एक जना पुरूषको मृत्यु भएको छ।
बिहीबार दिउँसो भरतपुर महानगरपालिका-२८ अन्द्रौलीस्थित राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका पुरूषमाथि आक्रमण भएको हो।
स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको आक्रमणबाट मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए।
उनका अनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ। यो आर्थिक वर्ष २०८२/८३ मा गैंडाको आक्रमणबाट मानिस मृत्यु भएको पहिलो घटना हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment