‘धन आर्जन गर्न कै लागि महालक्ष्मीको व्रत बस्ने हो’

महालक्ष्मीको व्रत बस्दा घरमा महालक्ष्मीको वास भई दुःख दारिद्रय नाश भई सुख, शान्ति मिल्ने धार्मिक विश्वास छ ।

डिसी नेपाल
१५ भदौ २०८२ १३:४४
48
Shares

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल सप्तमीदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ भएको छ । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ । शनिबारदेखि १६ दिनअर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक ब्रत गरिन्छ । यो ब्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।

प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एकपटक मात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ । सोह्र दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अघ्र्य दिने गरिन्छ । यसरी ब्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ ।
यो ब्रत विशेष गरेर नारीले गर्ने गरेका छन् । ब्रत बस्दा घरमा महालक्ष्मीको वास भई दुःख दारिद्रय नाश भई सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

व्रत प्रापसकालमा उठेर स्नान गर्ने , सन्ध्याबनारसी कर्म गर्ने ,इस्ट र कुल देवताको पूजा गरेर, देवीलाई स्थापना गरि , दियो–कलश, गणेशको पुजन गरेर काँचो नरिवल राखेर अनि आसनम, पाध्यम, आग्रम पन्चामृतम गरेर गन्धक, अक्षता, पुष्पमको प्रयोग गरेर देवीको पुजा आरधना गर्नाले मनोकाक्षां पूरा हुन्छ भन्ने मान्यता रहेको पण्डित विदुर लोचन न्यौपानेको भनाई छ । नेपाल न्युज बैंकसँगको कुराकानीमा यो ब्रत गर्दा सकभर निराहार ब्रत बस्नपर्ने समेत दाबी गरे । १२ महिनामध्ये भ्राद्र–असोज शुभ मानिने र मौसम पनि अति अनुकुल हुने भएकाले बर्षा ऋतु सकिएर हिउँदको समय सुरु हुने हुँदा यो समय अति नै उत्तम मानिएको छ ।

महालक्ष्मीको पुजा विधि:

महालक्ष्मीको ब्रत बस्नाले सनातन धर्म अनुसार जुनैपनि कार्य गर्दा अर्थको आवश्यक पर्दछ । अर्थ बिना संसार चल्दैन । भगवान कृष्णले पनि कुनै कार्यहरु गनुपर्दा देवी माताको आरधाना गर्नुभएको थियो । हामी साधारण मनुष्यले पनि संसार चलाउन धनपार्जनलाई र अर्थ उर्पाजन गर्नका लागि पनि महालक्ष्मीको पुजा आरधना गर्नुपर्ने भएकाले यसको व्रत प्रापसकालमा उठेर स्नान गर्ने, सन्ध्याबनारसी कर्म गर्ने ,इस्ट वा कुल देवताको पुजा गरेर, देवीलाई स्थापना गरेर, दियो–कलश, गणेशको पुजन गरेर काँचो नरिवल राखेर अनि आसनम, पाध्यम, आग्रम पन्चामृतम गरेर गन्धक अक्षता पुसम यस्ता प्रकारले श्रणोप्रोचारले देवीको पुजा आरधना गर्नाले मनोकाक्षां पुरा हुन्छ भन्ने मान्यता रहेको छ ।

ब्रतमा के खाने ?:
ब्रत बस्दा जलाहार, निरहार र फलाहार बस्नुपर्छ । ब्रत बस्दा सकेसम्म केही पनि नखाई बस्नुपर्छ तर सकिदैन भने स्वस्थ्यलाई अनुकुल हुनेगरि खानुपर्छ । खानेकुरा खाँदा गहुँ र धानलाई छाडेर मकै फलफुललाई फलाहार मानिएको छ । त्यो सेवन गर्नु उचित मानिन्छ । यस्तो ब्रत वैज्ञानिक कारणबाट पनि फाइदाजनक मानिन्छ । डाक्टरहरुले पनि शरीरलाई फाइदा हुने बताएका छन् । यसरी व्रत बस्दा शरीरमा काम, क्रोध, लोभ, मोह र मात्सयरलाई हटाएर शरीरका हाम्रा इन्द्रियलाई बसमा रहन्छ ।

के चढाउने ?
पुजा भनेको श्रद्धाभावले गरिने हो । भगवानलाई अगाडी राखेर, भगवानको श्री विग्रह गरि गंगाजल या शुद्ध जल चढाई स्नान गरि, पन्चामृतले पुजा गरि भगवानलाई घरमा आएर बस्न आग्रह गर्दै चन्दन, अबिर, अक्षता चढाएर पूजा गरिन्छ ।
पन्चामृत सेवन गर्दा शरीर तन्दुरुस्त हुने र शरीरमा शक्ति प्रदान गर्दछ । त्यो सबै भएपछि दक्षिणा दिनुपर्छ । कुनैपनि कर्म गर्दा दक्षिणा नदिई पुजा आरधाना गर्नुपर्छ । नत्र पूजा पुरा हुँदैन ।

वैज्ञानिक र आध्यात्मिक भिन्नता

वैज्ञानिक तवरमा पनि कुनैकर्म गर्दाखेर धनोर्पाजन नभइकन काम बन्दैन । कुनै यन्त्र बनाउन, कुनै कार्य गर्न धन चाहिन्छ । आध्यात्मिकमा के छ भने परोपकार गर्नका लागि पनि धन आर्जन गर्नुपर्छ भनिन्छ । कसैलाई केहि दिन वा कसैलाई केही ल्याउन वा पुण्य गर्न या भोकानांङ्गालाई केहि खान दिन पनि धन चाहिने भएकाले महालक्ष्मीबाट धनकै आर्जन हुने विश्वास छ । त्यो हिसाबले पनि वैज्ञानिक र आध्यात्मिक तवरबाट खासै भिन्नता छैन । विशेषत धन आर्जन गर्नकै लागि महालक्ष्मीलाई प्रसन्न गरिन्छ । (पण्डित विदुरलोचन न्यौपानेसँग गरिएको कुराकानीमा आधारित)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *