पोखरामा कर्फ्यु आदेश जारी
काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।
प्रशासनले पोखरा महानगरको वडा नम्बर १ देखि ३३ नम्बर वडासम्मका सम्पूर्ण क्षेत्रहरूमा सो आदेश गरिएको जनाएको छ।
प्रशासनले जिल्लामा हालको समयमा देखिएको घटनाक्रमबाट हुन सक्ने विरोध प्रदर्शन, तोडफोड तथा शान्ति सुव्यवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार सो आदेश गरिएको जनाएको छ।
कर्फ्यु आदेश जारी गरिएको क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने आदेशमा उल्लेख छ। त्यस्तै कर्फ्युका अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ।
यसैगरी, भदौ २७ गते बिहान ५ बजेदेखि बिहान १० बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment