प्रहरीद्वारा जेनजी आन्दोलनमा आगजनी र लुटपाट गर्नेहरुको तस्बिर र भिडियो माग

डिसी नेपाल
२७ भदौ २०८२ १६:३०
12
Shares

काठमाडौं। नेपाल प्रहरीले जेनजी पुस्ताले गरेको आन्दोलनको तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरू उपलब्ध गराउन माग गरेको छ।

शुक्रबार एक सूचना जारी गर्दै भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरू उपलब्ध गराउन माग गरेको हो।

गोपनियता कायम राखिने उल्लेख गर्दै घटनाको अनुसन्धानका लागि सहयोग पुर्‍याउने उद्देश्यले भिडियो तथा फोटोहरु उपलब्ध गराउन आग्रह गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.