शान्ति र स्थिरताका नवग्रह मन्दिरमा विशेष पूजा गरिने

डिसी नेपाल
२७ भदौ २०८२ १८:३३
16
Shares

काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा भोलि (भाद्र २८, शनिवार)नेपाल राष्ट्रको शान्ति, स्थिरता र दीर्घकालिन समृद्विका लागि ‘राहु महादशा’ विशेष पुजा हुने भएको छ।

प्रत्येक शनिवार बिशेष पुजा हुने यस मन्दिरमा देशमा उत्पन्न परिवेशलाई मध्यनजगर गर्दै नेपालमा शान्तिको कामना सहित समृद्विका लागि यस्तो प्रकारको बिशेष पुजा गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार धार्मिक दृष्टिकोणले हेर्दा अहिले देश राहु महादशामा रहेको यसको प्रभावले देशमा राजनीतिक जटिलता उत्पन्न भएको भन्ने धार्मिक मान्यता देखिएको पुजाको आयोजना गरिएको हो।

राहु महादशाका बेलामा मानिस वा राष्ट्रले धेरै आकस्मिक घटना, मानसिक तनाव, राजनीतिक अस्थीरता, विदेशप्रति निर्भरता, रोग वा विवाद अनुभव गर्न सक्छ। यी र यस्ता नकारात्मक प्रभावलाई कम गरी सकारात्मक उर्जा बढाउन गर्ने विशेष वैदिक विधि नै राहु महादशा पुजा हो।

सामूहिक सत्कर्मद्वारा देशलाई शान्ति, स्थिरता र समृद्वितर्फ मोड्न सकिने विश्वास गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *