जेनजी आन्दोलनमा सहभागी एक युवक मृत फेला
बाजुरा । जेनजी आन्दोलनमा सहभागी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका २ सुपानाका २३ बर्षका ओजन बुढा मृत फेला परेका छन्।
४ दिनदेखि सम्पर्कविहीन रहेका उनी शुक्रबार दिउँसो काठमाडौं स्थित बि एण्ड बि अस्पतालमा मृत भेटिएका हुन्। बुढा काठमाडौंस्थित चाबिलमा बस्दै आएका थिए भने उनी कक्षा १२ मा अध्ययन गरिरहेका थिए।
यसअघि उनको फोन अफ थियो भने खोजी कार्य गर्दा पनि सम्पर्कमा आउन सकेका थिएनन्। यहीँ भदौ २३ गते काठमाडौंमा जेनजी युवाहरुको आन्दोलन उनी सहभागी भएका थिए।
आज आफन्तहरूले दिनभर खोजी कार्य गर्दा उनी आज अस्पतालमा मृत भेटिएको पारिवारीक स्रोतले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment