आफ्नो सम्पत्तिको बारेमा सोधेपछि अष्ट्रेलियाली पत्रकारमाथि ट्रम्पको आक्रोश

डिसी नेपाल
१ असोज २०८२ १२:४४
40
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक अष्ट्रेलियाली पत्रकारले उनको व्यक्तिगत व्यापार सम्झौताको बारेमा प्रश्न गरेपछि ट्रम्प आक्रोशित भएका छन् । ट्रम्पले पत्रकारलाई भने ‘तपाइँ अष्ट्रेलियालाई चोट पुर्याइरहनुभएको छ ।’

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) का जोन लियोन्सले ट्रम्पलाई जनवरीमा उनको राष्ट्रपतिको कार्यकाल सुरु भएदेखि उनी कति धनी भए भनेर सोधेका थिए । यसको जवाफमा ट्रम्पले भने, “मलाई थाहा छैन”।

ट्रम्पले भनेअनुसार उनका छोराछोरीले पारिवारिक व्यवसाय सम्हाल्छन्। उनले भने, “मेरो विचारमा तपाईं अहिले अष्ट्रेलियालाई धेरै क्षति पुर्‍याइरहनुभएको छ र तिनीहरू (अस्ट्रेलिया सरकार) मसँग राम्रो सम्बन्ध चाहन्छन्।”

अमेरिकी राष्ट्रपतिले चाँडै नै अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेट्ने बताए। उनले भने, “म उनलाई तपाईंको बारेमा भन्नेछु। तपाईंले धेरै नराम्रो वातावरण सिर्जना गर्नुभएको छ।”

जब लियोन्सले अर्को प्रश्न सोध्न खोजे ट्रम्पले आफ्नो औंला आफ्नो ओठमा राखे “शान्त रहनुहोस्” भने र अर्को रिपोर्टरतिर लागे।

ट्रम्पको कडा प्रतिक्रियापछि लियोन्सले भने ‘यो सोच्नु मूर्खतापूर्ण छ कि विनम्रतापूर्वक सही प्रश्न सोध्दा दुई देशहरू बीचको सम्बन्धलाई हानि पुग्न सक्छ।’

उनले भनेअनुसार उनका प्रश्नहरू निष्पक्ष थिए, अनुसन्धानमा आधारित थिए र अपमानजनक तरिकाले सोधिएका थिएनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *