बुङ्गल हाइड्रोको थप सर्वसाधारण आईपीओ बिहीबार बाँडफाँड हुँदै

डिसी नेपाल
१ असोज २०८२ १५:०७
36
Shares

काडठमाडौं। बुङ्गल हाइड्रोपावर लिमिटेडले थप सर्वसाधारण लगानीकर्तामा जारी गरेको आईपीओको बाँडफाँड भोली बिहीबार हुने भएको छ। आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले बिहीवार बिहान ९ः३० बजे बाँडफाँड प्रक्रिया सञ्चालन गर्ने जनाएको छ।

कम्पनीले भदौ १६ देखि १९ गतेसम्म १७ लाख १ हजार ५०० कित्ता शेयर थप सर्वसाधारणमा जारी गरेको थियो। यस आधारमा करिब १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि समेत आईपीओ निष्कासन र बाँडफाँट गरिसकेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कुल २९ लाख ५ हजार कित्ता शेयरमध्ये ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीयहरूलाई र २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ। साथै १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई र ६२ हजार २५० कित्ता कर्मचारीहरूलाई बाँडफाँड गरिएको हो।

बुङ्गल हाइड्रो लिमिटेडले १०.७ मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ। २०८० भदौ २ गतेदेखि यस आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको हो। कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ रहेको यस आयोजना निर्माणको प्रतिमेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ परेको कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *