‘भद्रगोल’बाट बाहिरिएको जिग्री–पाँडेको टिमले नयाँ सिरियल ल्याउँदै

डिसी नेपाल
२३ भदौ २०७६ ७:२३

काठमाडौं। नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य सिरियल ‘भद्रगोल’बाट बाहिरिएको टिमले नयाँ सिरियल प्रशारणमा ल्याउने भएको छ।

आउँदो असोज २ गतेबाट नेपाल टेलिभिजनमै नयाँ सिरियल नियमित प्रशारणमा ल्याउन लागेको अर्जुन घिमिरे (पाँडे)ले जानकारी दिए। सिरियलको नाम भने तय भईनसकेको उनले बताए।

‘त्यही टिम, त्यही थिम तर नयाँ नाममा सिरियल प्रशारणमा ल्याउन लागेका हौं’ उनले भने –‘त्यसको विस्तृत जानकारी दिनका लागि बुधबार पत्रकार सम्मेलन राखेका छौं।’

त्यसका लागि आफूहरुको सबै तयारी पूरा भइसकेको उनले बताए। उनले नेपाल टेलिभिजनसँग प्रत्येक विहीबारको समय आफूहरुले खरिद गरिसकेको जानकारी दिए।

अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)को लेखन/निर्देशनमा प्रशारणमा आएको ‘भद्रगोल’ले छोटो समयमै टेलिभिजन र युट्युबमा राम्रो दर्शक कमाएको थियो। यसका अधिकांश पात्र पनि दर्शकमाझ चर्चित छन्।

‘भद्रगोल’ सिरियल कलाकार र कार्यक्रम उत्पादक मिडिया हवसंगको पारिश्रमिक र कपिराइट विवादका कारण साउनदेखि प्रशारण हुन सकेको थिएन्।

अन्ततः विवाद नमिलेपछि सिरियलबाट पाँडे–जिग्री सहितको पुरानो टिम बाहिरएसंगै नयाँ टिमले ‘भद्रगोल’ प्रशारणमा ल्याएको छ। तर, नयाँ टिमले ल्याएको २ सय २० औं एपिसोटलाई दर्शकले चर्को आलोचना गरिरकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *