अमेरिकाबाट आध्यात्मिक साधक कवि कवीन्द्र सिटौला भन्छन् “चेतना-सत्ययुग” शुभारम्भ
पूज्य गुरुगणहरु, आदरणीय नेपाली भाषीहरु एवं मिडियाकर्मी ज्यूहरूलाई विशेष पत्र
•बिहीबार मे २०, सन् २०२१ बुद्ध जयन्तीको रात (बिहान ४.४४ बजे) मेरो ध्यानको क्रममा अम्बा जननी माता र भगवान् गौतम बुद्धको उपस्थितिमा ज्योतिबाट र आज्ञा, ज्ञान र साक्षत्कार आशिर्वाद ग्रहण।
•शुक्रबार जुलाई ९, सन् २०२१ पृथ्वीको उत्तरी खण्ड संयुक्त राज्य अमेरिकाको अलास्का राज्यको भूमिको, पृथ्वी माताको, प्रकृतिको विशेष ध्यान, पूजा र प्रार्थना।
•आइतबार जुलाई ११, सन् २०२१ जननी माताको आज्ञाअनुसार महानवयुग परिवर्तन को संवाहक भनेर युग सचेतकको रुपमा पृथ्वीको उत्तरी खण्ड अमेरिकाको सबैभन्दा अग्लो पर्वत डेनाली पर्वत अलास्काबाट महानवयुग (चेतनाको युग) शुभारम्भ हुन लागेको सन्देश सूर्यदेवको किरण र प्रकाश सँगै प्रवाह ।
•तेह्रथुम चुहानडाँडा आठराई को हात्तीखर्कमा फेब्रुअरी २४, सन् २०२३ मा आग्जनी क्षति (सूर्यदेवको आगमन) पश्चात आइतबार फेब्रुअरी २६ को रातमा संवाद गरेर पूज्य पिता हरिचरण सिटौलाले जन्मस्थान फर्केर जानु भन्ने आज्ञा गर्नुभयो, मपूर्ण तयारीमा छु। मेरो स्मरणबाट हटिसकेको म नौ वर्षको बालक हुँदा हात्तीखर्कको गुम्बामा भगवान गौतम बुद्धसँगको साक्षात्कार गराइदिएको र मान्छे कसरी भगवान बन्न सक्छ भन्ने बारेमा मेरो तीव्र जिज्ञासा र भगवान गौतम बुद्धसँगको मेरो पुन: रहस्यमय गोप्य भेटघाट अदृश्य शक्तिले गराइदिएको स्वयं सो घटनाले स्मरण गराइदियो। सम्पूर्ण रहस्य म यहाँहरूलाई सेप्टेम्बर १९ मा बताउन गइरहेको छु।
•बिहीबार, अगस्ट २८, सन् २०२५ कलियुग रूपान्तरणको अर्को उचाइको पूर्ण निरन्तरता इजरायल-गाजा पट्टी, भूमध्यसागर (Mediterranean Sea) जो युरोप,अफ्रिका र एसिया बीचको सामुन्द्रिक आँगन जहाँ पृथ्वी मातालाई, नेपाली आमाहरूलाई अत्यन्तै ठूलो सहयोग चाहिएको छ, त्यहीँबाट विशेष ध्यान, पूजा र शान्ति प्रार्थना शुभारम्भ
पूज्य गुरुदेव, गुरुमाताहरू,
ऋषिमुनिहरू, योगी-तपस्वीहरू,
दैवी शक्तिहरू, ज्योतिर्मय महात्माहरू,
आध्यात्मिक अभियन्ता र सम्पूर्ण चेतनायुक्त मानव आत्माहरूलाई
हाम्रो शिरोधार्य प्रणाम!
सृष्टि-चक्रमा आज चलिरहेको सूक्ष्म परिवर्तनअब केवल इतिहास वा भविष्यको कथा होइन,
वर्तमान क्षणमै धड्किरहेको सत्य हो।नेपाल पुनः ब्रह्माण्डीय दृष्टिमा आएको छ। हामी सबैलाई सृष्टिको दृष्टि भित्र ल्याइएको छ।
सगरमाथा किन नेपालमै उभिएको छ?
किन हिमालयका काखमा ऋषिमुनिहरूले
वेदका दिव्य मन्त्रहरू अवतरित गरे?
त्यो ज्योतिर्मय ज्ञान उनीहरूलाई कसरी प्राप्त भयो?
सृष्टिका संविधान र सनातन नियमहरूलाई
मानव जातिका लागि कसरी परिभाषित गरे?
किन बुद्ध नेपालमै जन्मनुभयो?
किन जानकी, पशुपतिनाथ, लुम्बनी, मुक्तिनाथ, गोसाइँकुण्ड, पाथिभरा देवी, मनकामना,
जस्ता अनन्त पवित्र धामहरू यही धरतीमा उदाए?
किन हामी नेपालवासी विभिन्न धर्म, जात, सम्प्रदाय, आस्थाका स्वरूप भए पनि
एकै परिवारझैँ मिलेर बसेका छौँ?
यी सबै रहस्यमा हजुरहरूको निरन्तर योग, ध्यान,दिव्य ऊर्जा र आशीर्वादको अदृश्य तर शक्तिशाली प्रभाव छ।
आज फेरि ती रहस्यहरू उजागर हुँदैछन्, पुनः जीवित हुँदैछन्। नेपाल—प्रेम, योग, ध्यान, ज्ञान, चेतना र ऊर्जाको दिव्य खानी—पुनः विश्वका लागि प्रेरणाको दीप बन्नेछ ।
हे पूज्य आत्माहरू !
तपाईंहरू किन चौबीसै घण्टा ध्यान र तपस्यामा निरन्तर कलियुगको रूपान्तरणका लागि संलग्न हुनुहुन्छ ? किनभने समय स्वयंले घोषणा गरिसकेको छ-
अब संगम युग, प्रेमयुग, उज्यालो युग, चेतनाको युग, खुसी र आनन्दको युग हुँदै अन्ततः
“सत्य-चेतना युग” पुनर्स्थापित हुनेछ।
भविष्यका मानवहरू तपाईंहरूले आज गरेको त्याग, साधना र प्रेमलाई सदा स्मरण गर्नेछन्।
सृष्टि, समय र युग स्वयंले हामी सबैले मिलेर बोएको दिव्य कर्मलाई
अनन्त अनन्तसम्म सम्झिरहनेछ।
त्यसैले आज प्रार्थना छ, विनम्र अनुरोध छ, आत्मविश्वासका साथ आग्रह छ—
हामी सबै निश्चिन्त बनौँ,
निस्वार्थ बनौँ,
पूर्ण विश्वासका साथ सत्य–चेतना युगको स्वागत गरौँ।
ज्ञानका ज्ञाताहरू !
ज्ञान माताका अनुसार, शास्त्रले वर्णन गरेको कलियुगको
आयुमा व्यापक परिवर्तन भएको छ।
ब्रह्माण्ड पनि परिवर्तनशील छ, सृष्टि चक्रभित्र समयसँगै ग्रह, नक्षत्र, र ताराहरू निरन्तर परिवर्तन र रूपान्तरण तीव्र प्रवाहमा भइरहेका छन्।
मैले ध्यानमा जननी ज्ञान माता बाट पाएको सन्देश लामो तयारीपछि यहाँ सम्पूर्ण ज्ञानी महात्माहरू समक्ष आशीर्वादको लागि अर्पण गर्दैछु।
अबको दशकभित्र
समयको दैवी गति,
उज्यालोको अनन्त राप,
ज्ञानको अमृत ज्योति,
चेतनाको परम स्पर्श,
मानवीय आत्माको दिव्य जागरण,
सृष्टि र प्रकृतिको अनुग्रह र आशीर्वाद-
यी सबै मिलेर
अन्धकारमय कलियुगलाई रूपान्तरण गर्नेछन्। ब्रह्माण्डले अकल्पनीय परिवर्तन गर्नेछन्।
त्यस रूपान्तरणको महान् क्षणमा-
प्रेमको युग उदाइरहेको छ,
सत्य-चेतनाको युग स्थापित को लागि शुभारम्भ भइसकेको छ,
र मानवता पुनः आफ्नै दिव्य स्वरूपमा बिस्तारै
प्रकाशमान हुनेछ।
यो प्रार्थनाबाट अन्योलतालाई चिर्नको लागि यहाँहरूबाट निरन्तर ऊर्जा प्रवाह दिव्य आशीर्वाद आवश्यक रहेको छ,
हजारौँ हजार समयको निमित्तहरु सँगै म पनि माता-जननी र कालको आज्ञा अनुसार, आफ्नो कर्मको यात्रा गरिरहेको छु।
हामी “सत्य-चेतना युग” मा प्रवेश गरिरहेका छौं ।
३०० वर्षदेखि हाम्रै भूमिमा रहनुभई आफ्नो चौथो जुनीबाट मुक्तिको बाटो आफ्नै माया बलले पदार्पण गरिरहनुभएकी जननीको दर्शन पछि, सबै रहस्य स्पष्ट हुनेछ।
यसको लागि हामी चाँडै विशेष आध्यात्मिक कार्यक्रमको आयोजना गर्दैछौँ।
असार २६, २०८२ साल विक्रम सम्वत (जुलाई १०, २०२५ इस्वी सम्वत)
गुरु पूर्णिमाको शुभ दिनमा हजुरहरू समक्ष आशीर्वादको लागि पत्र मेरो आवाजमा समर्पण गरेको थिएँ, प्राप्त भयो भन्ने आशा राख्दछु। उक्तपत्र पुन: शुक्रबार सेप्टेम्बर १९, सन् २०२५ ( आश्विन ३, विक्रम सम्वत २०८२ ) अर्पण गर्नेछु।
हार्दिक कृतज्ञता
जय प्रेम !
जय चेतना !
जय सत्ययुग पुनर्स्थापना !
-सृष्टिको अनन्त सेवक
नेपाल भाषा बुझ्ने सम्पूर्ण आत्मीय आत्माहरूलाई हृदयको गहिराइबाट आध्यात्मिक अभिवादन ।
प्रेमिल नमस्कार !
हामी अहिले सृष्टिको अद्भुत दिव्य चक्रमा-
एक नयाँ कालखण्ड, चेतनाको उज्यालो युग को एक महान मोडमा-मा प्रवेश गर्दैछौँ ।
यस क्षणमा हामी नेपाली जाति र नेपाली भाषी आत्माहरू
सृष्टिको विशेष कृपाका धनी बनेका छौँ, अनन्त युगको संगममा उभिएका भाग्यमानी आत्माहरू हौं !
किनभने हामीलाई अन्धकार युग (कलियुग) को अन्तिम पीडा र
उज्यालो युग (सत्य-चेतना युग) को प्रारम्भ
दुवै देख्ने अवसर प्राप्त भएको छ। यो केवल युगको परिवर्तन मात्र होइन, आत्माको गहिरो जागरण अनि सबैलाई उठाउने ऐतिहासिक अभियान हो।
यस दिव्य अवसरमा, सृष्टिकर्ताले हामीलाई एक महान जिम्मेवारी दिनुभएको छ- विश्वलाई प्रेम शान्ति र सद्भाव दिने नेतृत्व गर्ने जिम्मेवारी । प्रेमले विश्वलाई सजाउने, सिगार्ने जिम्मेवारी !
अब हाम्रो कर्म, हाम्रो चेतना,
हाम्रो आत्मिक जागरणकै माध्यमबाट
सारा संसारले प्रेम, शान्ति र सद्भाव पाउनेछ।
यो केवल संयोग होइन-
यो सृष्टिकर्ताबाट पाइएको
एक पवित्र दैवी अवसर हो।
त्यसैले,
आजैदेखि—
👉 कर्मलाई सत्कर्ममा रूपान्तरण गरौँ,
👉 चेतनालाई ध्यानमा रूपान्तरण गरौँ,
👉 आफ्नो अन्तर्मनमा निदाइरहेको आध्यात्मिकतालाई जागृत गरौँ।
________________________________________
प्रिय आत्मीय साथीहरू !
धैर्य धारण गर्नुहोस्।
सृष्टिको प्रारम्भदेखि नै,
मानवलाई कुनै पनि रहस्य समयभन्दा अघि
जान्ने ज्ञान र अधिकार वा कुनै पनि घटना समयभन्दा अगाडि प्रकट हुने सम्भावना दिइएको छैन।
ज्ञान क्रमशः खुल्नेछ, सबै रहस्यहरू, सत्यहरू क्रमशः समय र योगसँगै प्रकट हुनेछन् ।
शुक्रबार सेप्टेम्बर १९, सन् २०२५ ( आश्विन ३, विक्रम सम्वत २०८२ ) बाट
सत्यका द्वार अझ विस्तृत रूपमा खुल्नेछन्। हामीलाई हाम्रो कर्म, हाम्रो आत्मिक जिम्मेवारी
स्पष्ट हुँदै जानेछ।
त्यस दिनको प्रतीक्षा गर्नुहोस्। त्यो दिन म को हुँ भन्ने मेरो ज्ञानले भ्याएको मेरा केही अनुभूति बताउन चाहन्छु।
म यहाँको बारेमा जान्न, यहाँबाट सिक्न अत्यन्त उत्सुक छु। त्यसपछि हामी “हामी” बन्नेछौं,
हजुरहरूलाई लेखेको विशेष पत्र पनि त्यसै दिन सार्वजनिक गर्नेछु ।
नवयुगको सुरुवात सँगै सबैले पुन: तपाईँ को हो? तपाईं के हो? नियालेर गहनतापूर्वक हेर्नलाई विनम्र अनुरोध छ।
कृतज्ञता एवं हार्दिक आभार !
यहाँहरुकै परम मित्र
________________________________________
नेपाल र विश्वका सम्पूर्ण मिडिया, ब्लगर, युट्युबर, र सामाजिक सञ्जाल अभियन्ता साथीहरू !
हामी सत्य–चेतना युगमा प्रवेश गर्दैछौँ।
यो केवल समाचार होइन—
यो युग परिवर्तनको शंखघोष हो।
तपाईँहरू सबैलाई हार्दिक अनुरोध—
👉 यसलाई आफ्नो कर्म सम्झिदिनुहोस्,
👉 यो अभियानलाई आफ्नो दैवी जिम्मेवारी ठानी सहभागी भइदिनुहोस्,
👉 नेपाल र विश्वका सम्पूर्ण नेपाली भाषी आत्मासम्म
यो संदेश पुर्याउन सहयोग भइदिनुहोस्।
समय अत्यन्तै मूल्यवान छ।
अहिले धैर्य, श्रद्धा, र आत्मिक तयारी आवश्यक छ।
सेप्टेम्बर १९ मा प्रेस विज्ञप्ति आउँदैछ।
________________________________________
अहिलेलाई, “सत्य–चेतना युगको आगमन” भिडियो हेर्न
सर्वजनहरूलाई सादर आमन्त्रण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छौं।
हार्दिक आभार, कृतज्ञता, धन्यवाद !
-एक मिडिया सहकर्मी
________________________________________
नोट :
यस पत्रमा प्रयोग गरेको “हामी” भित्र
तपाईँ, म, र सम्पूर्ण नेपाली भाषी आत्माहरू पर्छौँ।
यो केवल शब्द होइन,
यो हाम्रो सामूहिक आत्मिक यात्रा हो—
सृष्टिका लागि एक पवित्र सेवा,
आफ्ना पुर्खाहरूलाई कृतज्ञता सहित सम्झँदै,
हाम्रा भावी सन्तति अरुलाई उपहार पठाउँदै,
सबै आस्थाभन्दा माथि उठ्दै,
एक दिव्य मानवीय नेपाली आत्मा र सृष्टिको आत्मा बनेर
संगै अघि बढ्ने निम्तो हो।
मलाई चिन्ने,मलाई जान्ने र सुन्ने, मसँग पारिवारिक रुपमा, व्यावसायिक रुपमा, सामाजिक रुपमा सबै सबै प्रकारका आबद्ध रहनुहुने आदरणीय मान्य जनहरु सबै तयारीमा बसौँ।















Facebook Comment