कलाकार डा. प्रणय राणाको गीति एल्बम “मन” इन्दिरा जोशीद्वारा बिमोचन

डिसी नेपाल
२३ भदौ २०७६ ७:४९

एटलाण्टा । आफूसँग रहेको प्रतिभालाई जहाँ रहेपनि नेपालीले याबत समस्याका बाबजुद बिबिध कठिनाईलाई चिर्दै प्रष्फुटन गर्ने गरेका छन्।

सानै उमेरमा आमा गुमाएर बाल जिवनको संघर्षलाई स्विकार्दै अध्ययनका लागी अमेरिका आएका डा. प्रणय राणाले प्रवासमै रहेर आफ्नो शब्द, संगीत तथा स्वरमा तेस्रो गीति एल्बम “मन“ लोकार्पण गरेका छन्।

युवाको ढुकढुकी गायिका ईन्दिरा जोशीद्वारा बिमोचन गरिएको उक्त कार्यक्रममा गायिका ईन्दिरा जोशी, प्रख्यात टेलिविज़न प्रस्तोता प्रेम बानियाँ, अमेरिकी भुमीमा सबै समुदाएको प्रतिनिधित्व गर्ने नेजाका महासचिव किरण मरहठ्टा तथा अनेसास जर्जिया च्याप्टरका सभापति तथा युवा साहित्यकार तथा समालोचक किरण मानिके द्वारा प्रस्तुत गिती एल्बम “मन” बारे समालोचना गरिएको थियो।

दक्षिण भेगमा रहेका धेरै समाजसेबी, साहित्यकार तथा सज्रकहरू सिके पराजुली, राजा घले, अम्बिका लोहनी, डा। संजिब सापकोटा, डा. हेमराज रेग्मी, कुमार केसी, भविन्द्र बस्नेत, कपिल वाग्लेलगाएत समाजका धेरै बरिष्ट महानुभाव रहेको उक्त कार्यक्रमलाई स्थानिय कलाकारहरूले नेपाली तन मनमा रमाउन बाँसुरी मादल तथा गितारमा प्रत्यक्ष रूपमा गाउँदै मनोरंजन गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *