हामी सत्य-चेतना युगमा प्रवेश गर्दैछौं!

डिसी नेपाल
३ असोज २०८२ २१:२६
124
Shares

नेपाल तथा विश्वभर रहेका आदरणीय मिडिया, ब्लगर, युट्युबर, र सामाजिक सञ्जाल अभियन्ता साथीहरूलाई हार्दिक नमस्कार,

मानव सभ्यताको यात्रामा अबको चरण अत्यन्तै ऐतिहासिक छ। समय कलियुगबाट चेतना–सत्ययुगतर्फ रूपान्तरण हुँदैछ। यो रूपान्तरण केवल एक विचार वा दृष्टिकोण मात्र नभई सम्पूर्ण मानव आत्मामा जागरण ल्याउने युगीन प्रक्रिया हो।

यस आध्यात्मिक यात्रामा, नेपाली साहित्य र कविताले नयाँ युगको द्वार खोल्ने माध्यम बनेको छ। विशेषतः “आमा भएर हेर” शीर्षकको कविता, जुन सेप्टेम्बर २, २०२५ मा विश्वमा विमोचन भएको थियो, चेतना-सत्ययुगको घोषणा स्वरूप जन्मिएको काव्य हो।

हामी विनम्रतापूर्वक अनुरोध गर्दछौं- ७२ दिनभित्र सबैले https://www.voiceofkabin.com/ मा गई कविता अवलोकन गर्नुभयो भने यस युगान्तकारी संदेशमा सहभागिता जनाउनुभएको हुनेछ। कविता हेर्दा सकेसम्म शान्त र अध्यारो वातावरणमा, एकान्तमा, टिभी वा ल्यापटपमा अवलोकन गर्न र त्यसपश्चात् पाँच मिनेट आँखा चिम्लेर आत्म-अनुभूति गर्न अनुरोध गर्दछौं।

आगामी बिहीबार, सेप्टेम्बर २५, २०२५ मा, हामी १९ वटा विशेष पत्रमार्फत चेतना युगको समयरेखा, कार्यतालिका, खाका र कार्यक्रमबारे विस्तृत जानकारी प्रदान गर्नेछौं। त्यो दिनसम्म धैर्य धारण गर्न र आत्म–तयारीमा रहन हामी हार्दिक अनुरोध गर्दछौं।

१९ वटा पत्रहरूको संरचना यसप्रकार हुनेछ:

छोरीलाई विशेष पत्र (यसमा अन्य १८ पत्र समाविष्ट रहनेछन्)

इजरायलका प्रधानमन्त्रीलाई पत्र (पहिले नै पठाइसकिएको)

हमासका नेतालाई पत्र (पहिले नै पठाइसकिएको)

संसारका नेताहरूलाई पत्र (पहिले नै पठाइसकिएको)

अमेरिकी राष्ट्रपतिलाई पत्र (पहिले नै पठाइसकिएको)

गुरुहरूलाई पत्र (पहिले नै पठाइसकिएको)

नेपाललाई चिठी

अमेरिकालाई चिठी

नेपाली जाति र भाषीलाई चिठी

सगुन कम्पनीका संस्थापक र परिवारलाई चिठी

गैर आवासीय संघका संस्थापकहरूलाई चिठी

नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई चिठी

नेपालका Gen Z र युवाहरूलाई चिठी

सिटौला परिवारलाई चिठी

रन्जिता पराजुली सिटौलालाई चिठी

हाम्रा सन्ततिहरूलाई चिठी

समयलाई चिठी

यी पत्रहरू मार्फत चेतना–सत्ययुगको दर्शन, मार्गचित्र र आत्म–यात्राको दिशा प्रस्तुत गरिनेछ।

हामीलाई दृढ विश्वास छ- मानव सभ्यताको नयाँ अध्याय नेपालबाट प्रारम्भ भई सम्पूर्ण विश्वमा प्रकाश फैलिनेछ।

कृतज्ञता सहित हार्दिक धन्यवाद,

युग परिवर्तन संयोजक
कवीन्द्र सिटौला ‘जिज्ञासु’

 

स्मरण होस्, सिटौलाले यसअघि नै “चेतना-सत्ययुग” शुभारम्भ गरिसकेका छन्

अमेरिकाबाट आध्यात्मिक साधक कवि कवीन्द्र सिटौला भन्छन् “चेतना-सत्ययुग” शुभारम्भ

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.