जेनजी आन्दोलनका सहिद एवं घाइते परिवारलाई आयल निगमका कर्मचारीले गरे आर्थिक सहयोग
भक्तपुर। जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवार र घाइते परिवारलाई नेपाल आयल निगम हवाइ इन्धन डिपो, सिनामंगलका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्।
आज डिपोका प्रमुख प्रदीपकुमार यादव, उपनिर्देशक रामहरि निरौला, लेखा प्रमुख प्रवेश पाठक कर्मचारी टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट सोमथलीस्थित सहिद परिवारको घरमा पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।
बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले विशेष समन्वय शहीद महेश बुढाथोकीको परिवारलाई रु.३० हजार, दुवाकोट सोमथलीकै शहीद अभिषेक चौलागाईको परिवारलाई रु. १५ हजार ५५० र शहीद सुभाष बोहोरा, ओजन बुढा तथा दिपेश सुनुवारको परिवारलाई जनही रु.२५ हजारका दरले कूल एक लाख २० हजार ५५० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो।
आन्दोलनका क्रममा घाइते भएका सुभाष अर्याल (गुल्मी), ऋषिकेश यादव (कैलाली), रोशन रेग्मी (गोरखा), जगदिश परियार (रुकुम–पश्चिम), दीपेश नेपाली (नुवाकोट), कुमार दाहाल (काभ्रेपलान्चोक) लाई जनही रु १५ हजारका दरले कूल रु ९० हजार सहयोग रकम प्रदान गरेका हुन्।







डिसी नेपाल







Facebook Comment