कविता : खरानीको व्यापार

भोज अर्याल, क्यानाडा
६ असोज २०८२ १३:१०
36
Shares

उडुस, उपिॅंया, जुम्रा र किर्नाहरुले झैं

रातो रगत चुस्दैनन् होला भन्ने ठानेको

त्यो त मेरो भ्रम मात्र रहेछ

तिनीहरु हाम्रा शाशक

जो सत्ता र भत्ताका सधैं उपासक

देशको ढुकुटी मात्र लुटेर पुगेन

अहिले फेरि मानिसहरुको

आलो रगत चुसेर बसिरहेका छन्

पालै पालो तिनीहरु

फेरि सिंह दरबार पसेका छन्

सिंह जस्तै सिंहासनमा टाँसिएर

तर आज बेमौसममा

तिनीहरु बस्ने कुर्ची नै

तिनी हरुकै कारणले

बडो नराम्रो सॅंग

जलेर खरानी भएको छ

तिनीहरुको स्वर्ग फेरि

सत्ताको सिँढी ढले सॅंगै

आगो सॅंगै सती गएको छ

मेरो देश मेरो सपना हो

पालैपालो खरानी नबनाउ

म आज

देश बाहिर बसेर

देश बोकेर बाँचिरहेको छु

रगतको होली खेल्न छोडिदेउ

निर्दोष सन्तान जस्तै

मेरा आफ्नै दाजुभाइ मारेर

तिमीलाइ कहिल्यै शान्ति मिल्ने छैन

बरु युगौं युगसम्म तिम्रो छाती

पीडाले पोलिरहने छ

तिम्रो मन जलि रहने छ

हे खुनी शासकहरु

तिमीलाइ पुर्खाको पौरखले

जुनी जुनी गिज्याइ रहनेछ

उडुस र किर्ना बनेर डस्न छोडिदेऊ

पराइका पाऊमा लम्पसार पर्न छोडिदेउ

लाज शरम वा घिन मानेर

यो देश हाम्रो घर मात्र हैन

विबिधताले भरिएको साझा फूलवारी हो

हाम्रो यो फूलवारी जलाउॅंन छोडिदेऊ

खरानीको ब्यपार अति भयो

अब त बन्द गरिदेऊ !

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *