टोपबहादुर रायमाझी कारागार फर्किए

डिसी नेपाल
७ असोज २०८२ १३:४८
252
Shares

काठमाडौं। नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी कारागार फर्किएका छन्। उनी सोमबार बेलुका केन्द्रीय कारागार सुनधारामा फर्किएका हुन्। जेन-जी आन्दोलनका क्रममा कैदीबन्दीहरुले जेल तोडेर भाग्ने क्रममा गत भदौ २४ गते रायमाझी पनि फरार भएका थिए।

सुन्धारा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंका अनुसार रायमाझी आफैं कारागार फर्किएका हुन्। पूर्वउपप्रधान तथा ऊर्जा मन्त्री रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा विगत २ वर्षदेखि पुर्पक्षका लागि थुनामा छन्।

जेन-जी आन्दोलनको क्रममा सुनधारा कारागारबाट करिब ३ हजार ३ सय कैदीबन्दीहरु भागेका थिए। तीमध्ये कतिपयले आफैं आउने जानकारी गराएको जेल प्रशासनले बताएको छ भने कतिपयको खोजी कार्य भइरहेको छ। सोही दिन फरार भएको पूर्व गृहसचिव टेकनारायण पाण्डे पनि अझै फरार छन्। उनीसँग अहिलेसम्म कुनै सम्पर्क नभएको जेल प्रशासनले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *