बरिष्ठ गीतकार नारद पोखरेलले ल्याए आमाको सपना बोलको गीतको भिडियो

डिसी नेपाल
७ असोज २०८२ १६:११
20
Shares

काठमाडौँ । बरिष्ठ गीतकार नारद पोखरेलको शब्द शृजनामा तयार आमाको सपना बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । राष्ट्रिय भावले ओतप्रोत गीतमा गायकद्धय डेविड शंकर, सबिन सुवेदी र गायिकाद्धय बेनिशा पौडेल, सरु गौतमको स्वर रहेको छ ।

जसमा लोकप्रिय संगीतकार दीपक शर्माको संगीत सृजना रहेको गीतले देशको पछिल्लो अवस्थालाई समेत नजिकबाट चित्रण गरेको गीतकार पोखरेल बताउँछन् । पुरुषोत्तमम सुवेदीको एरेन्ज, नरेन्द्र वियोगीको मिक्सिङ तथा मास्टरिङ रहेको आमाको सपनाको गीतको भिडियोमा बरिष्ठ कलाकार रश्मि भट्टसहित गायकद्धय डेविड शंकर, सबिन सुवेदी , गायिकाद्धय बेनिशा पौडेल र सरु गौतम, गीतकार पोखरेल, संगीतकार शर्मा तथा सुजिता पोखरेलको अभिनय रहेको छ ।

जन्मभूमिप्रति सर्मपित राष्ट्रिय भाव बोकेको गीतको भिडियोले अब फुटेर नभई जुटेर मात्रै देशको विकाश सम्वभ हुने भावनालाई समेटेको गीतकार पोखरेल बताउँछन् । भिडियोले अबको देशको जिम्मेवारी युवाको काँधमा आएको भन्ने सन्देश दिएको छ । भिडियोमा कलाकारहरु राष्ट्रियताको कुरा गरिरहँदा मज्जैले खुलेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.