देश बनाउने कर्मठ युवाहरु जिम्मेवाररुपमा प्रस्तुत हुनुपर्छः अध्यक्ष ओली

डिसी नेपाल
७ असोज २०८२ १७:५०

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने कर्मठ युवाहरु जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन्।

भक्तपुरको सूर्यविनायकस्थित निवासमा युवा संघ नेपालका पदाधिकारी एवं कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले युवाहरु देशभक्तिको भावका साथ अत्यन्तै जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।

अध्यक्ष ओलीले भने, ‘हामीले समाजलाई सुसंस्कृत, सभ्य र विकसित बनाउन लाग्नुपर्छ। असभ्य र गैह्रजिम्मेवार हुनु हुँदैन। देश र समाजप्रतिको कर्तव्य बुझेर युवाहरुले काम गर्नुपर्छ। युवाहरु हावामा कुद्न हुँदैन।’

उनले जेनजी प्रदर्शनका क्रममा देशले ठूलो क्षति व्यहोर्नुपरेकामा चिन्ता व्यक्त गर्दै नेपाल र नेपालीलाई माया गर्नेले त्यसरी आगजनी, तोडफोड र लुटपाट गर्न नसक्ने धारणा व्यक्त गरे।

अध्यक्ष ओलीले भने, ‘बादल लाग्यो भन्दैमा फेरि आकाश उघ्रँदैन भन्ने होइन। साँझ परेपछि सधँै साँझ परिरहन्छ भन्ने होइन। बिहानी पनि आउँछ। उज्यालो हुन्छ। हामीले हरेस खानु हुँदैन।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *