डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने निर्णयलाई कार्यान्वयन गर्छुः मनोज सिलवाल
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने निर्णयलाई कार्यान्वयन गर्ने बताएका छन्।
मंगलबार प्राधिकरण पुगेर पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक सिलवालले ऊर्जा मन्त्रालयले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरिसकेकाले उक्त निर्णयलाई प्राधिकरणले कार्यान्वयन गर्ने बताएका हुन्। यसका लागि पहिला भएको निर्णयलाई अध्ययन गरि पुनरावलोकन गरिने उनको भनाइ छ। उनले आन्तरिक संरचना सुधार गर्दै प्राधिकरणलाई अघि बढाउन दिर्घकालीन योजना बनाइने , २४ सै घण्टा विधुत आपूर्ति लगाएतमा ध्यान दिने धारणा राखे।
त्यस्तै कर्मचारीले गरेको स्वागत कार्यक्रममा नवनियुक्त कार्यकारी निर्देशक सिलवालले जस्तोसुकै चूनौति आएपनि त्यसलाई पार गर्दै अघि बढ्ने बताए। उनले प्राधिकरणमा लामो समय नेतृत्वमा रहेका व्यक्ति नै अहिले ऊर्जामन्त्रीमा रहेकाले काम गर्न कुनै कठिन नहुने र अहिलेको अवसरलाई प्रयोग गर्नुपर्ने उल्लेख गरे। आफूले राजनीतिक नियुक्तिको अर्थ बुझेको भन्दै उनले जति समय प्राधिकरणमा रहेपनि सुधार गरेर नै विदा लिने बताए।
उनले आफू फोटो टास्नका लागि नभइ काम गर्नका लागि प्राधिकरणमा आएको धारणा समेत राखे। अन्तरिम सरकारले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।







डिसी नेपाल







Facebook Comment