आगोले खन्डहर भएको भवनमै सुरु भयो मधेश प्रदेश सभा बैठक

डिसी नेपाल
७ असोज २०८२ १९:४८
20
Shares

जनकपुर। जेनजी आन्दोलनको क्रममा आगोले खन्डरमा परिणत भएको मधेश प्रदेश सभा भवनबाट पुनः प्रदेश सभाको बैठक सुरु भएको छ।

कतैकतै टालटुल त कतै आगोको धुँवाले कालो परेको भिक्ता मर्मतको क्रममै रहँदा मंगलबार (आज) बाट छैठौं अधिवेशनको बैठक सुरु भएको छ। आजको बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र उनकै पार्टीका अन्य सांसदहरु दुई कितामा बाँडिएको देखापरेको छ।

मुख्यमन्त्री सिंह बाहेकका जनमतका प्रदेशसभा सदस्यहरु प्रतिपक्षीतर्फ बसेका छन्। जेनजी आन्दोलनको क्रममा मुख्यमन्त्री सतिस सिंहले फेसबुकमार्फत राजिनामा घोषणा गरेका थिए तर प्रदेश प्रमुख कार्यालयमा आधिकारीक राजिनामा पत्र बुझाएका थिएनन्।

पछि उनले संघीयता बचाउनका निम्ति राजिनामा घोषणा गरेको अभिव्यक्ति दिएका थिए। सो पछि जनमत पार्टी मधेश प्रदेशका दलका नेता महेश यादवले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोध्नुका साथै मुख्यमन्त्री सहित प्रदेशमा रेहका सम्पूर्ण जनमतका नेतालाई फिर्ता बोलाईएको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए। त्यस पछि मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रतिक्रिया दिँदै आएका थिए।

जनमत पार्टीका दलका नेता महेश यादवले सभामुख रामचन्द्र मण्डललाई आफूहरू प्रतिपक्षमा बस्ने भनेपछि उनले सोहीअनुसार सिटको व्यवस्थापन गराउन लगाएका थिए। तर मुख्यमन्त्री सिंह भने सक्ता पक्षमा रहेका अन्य दलहरुसहितको स्थानमा बसेका थिए।

आजको बैठकमा जेनजी आन्दोलनका क्रममा घाईते भएकाहरुको सिघ्र स्वास्थ्य लाभ कामना सहित मृत्यु भएकाहरु प्रति सोक प्रस्ताव पेस गरिएको थियो। टेबुलको अभावमा सभामुख मण्डलले हात उठाएर प्रस्तावमा समर्थन जनाउन आदेश दिएका थिए। मधेश प्रदेश सभाको अर्को बैठक असोज ८ गत्ते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.