रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्ने

डिसी नेपाल
८ असोज २०८२ ७:३८
44
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा बुधबार अपरान्ह १ बजेदेखि बैठक बस्न लागेको हो।

हिजोबाट सुरु भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। पार्टीका सातै प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रदेश सभापतिहरूले राख्ने कार्यसूची तय गरिएको छ।

यस्तै परिवर्तित अवस्थाका सन्दर्भमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिइने झाले बताए। पार्टी संगठन एवं विभागबारे र केही रिक्त विभागहरू पूर्ति गरिने सम्भावना रहेको पनि उनले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *