रिक्त चार एआइजीमा बढुवा सिफारिस हुन सकेन

को को छन् प्रतिश्पर्धी?

डिसी नेपाल
८ असोज २०८२ ७:५२
712
Shares

काठमाडौं। नेपाल प्रहरीमा चार एआइजी रिक्त भएको २२ दिन बढी भैसक्दा पनि सिफारिस हुन सकेको छैन। चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षकमा नियुक्ति हुने बित्तिकै रिक्त रहेको चार एआइजीको पदमा बढुवा सिफारिस हुन सकेको छैन।

१८ भदौमा दिपक थापाको ब्याचमेट अवकाशमा गएपछि रिक्त भएको पदमा अहिलेसम्म बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन। खापुङ आइजीपी भएपछि जेन-जी आन्दोलनले राजनीतिक क्षेत्रमा ल्याएको ठूलो उथलपुथलका कारण पनि रोकिएको आशंका गरिएको छ।

एआईजी बढुवाको प्रमुख दाबेदारमा प्रबन्ध शाखामा कार्यरत डिआईजी सुशील सिंह राठौर रहेका छन्। राठौरसँगै उमाप्रसाद चतुर्वेदी, डम्बर विक र हिमालयकुमार श्रेष्ठ पनि एआईजी बढुवाका मुख्य प्रतिस्पर्धी मानिन्छन्। उनीहरु सबै राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीका स्थान्तरण भएका हुन्।
उनीहरु चार जना २०८१ मंसिरमा डीआईजीमा बढुवा भएका थिए।

उनीहरू २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएका थिए। उनीहरूसँगै भर्ना भएका सिद्धिविक्रम शाह यसअघि नै एआईजी भइसकेका छन्। शाह अहिले कार्यविभाग प्रमुख रहेका छन्।

उनीहरुको बढुवामा प्रहरीबाटै आएकाहरुले बाधा अड्चन हालिरहेका छन्। यीमध्ये राठौर प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखामा कार्यरत छन्। चतुर्वेदी मधेस प्रदेशको प्रहरी प्रमुख छन्।

श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र विक सुदूरपश्चिम प्रहरी प्रमुख छन्। उता कोसी प्रदेशका प्रहरी प्रमुख ईश्वर कार्कीसहित ५ डीआईजीहरुले राअविको टोलीलाई रोक्न खोजिरहेको स्रोतको दावी छ।

उनीहरुपनि यसपटक नै प्रतिस्पर्धा गरिरहेका छन्। खापुङको अवकाशपछि एक पद मात्रै रिक्त रहनेछ। त्यसमा कार्कीसहितको पालो आउने भएपनि अहिले नै मिसिएर बढुवा हुने कोसिसमा लागेका छन्।

उनीहरू २०८१ पुस २६ गते डीआईजीमा बढुवा भएका थिए। ईश्वर कार्कीसँगै राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया एकसाथ बढुवा भएका हुन्। राजेन्द्रप्रसाद भट्ट लुम्बिनी प्रदेश, दिनेशकुमार आचार्य गण्डकी प्रदेश र अरुण पौडेल बागमती प्रदेशको प्रहरी प्रमुख छन्।

गोविन्द थपलिया प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा छन्। उनीहरूकै ब्याचका तीन जना भने एआईजी भइसकेका छन्। एआईजी दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी यही ब्याचका हुन्।

कार्की, अधिकारी र केसी मध्ये एक जना आउँदो कात्तिक २७ पछि प्रहरी संगठनको नेतृत्वमा पुग्नेछन्। कार्की उपत्यका प्रहरी कार्यालय, अधिकारी अपराध अनुसन्धान विभाग र केसी सिआइबीको प्रमुख छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.