विराटनगरमा छतबाट खसेर पौडेलको मृत्यु
विराटनगर । विराटनगरमा घरको छतबाट खसेर मंगलबार राति एकजनाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका-११ का ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। पौडेल ३ तले घरको छतबाट खसेर मृत्युु भएको प्रहरीको भनाइ छ।
राति छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराट नर्सिङ होम पुर्याइएको थियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको डीएसपी चुँडालले बताइन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment