म्यानमारबाट दुई नेपाली युवाको उद्धार
काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले म्यावडीबाट दुई नेपाली युवाको उद्धार गरेको छ।
अनलाइन स्क्यामिंग कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडीबाट उद्धार गरेको हो। थाइल्याण्ड ल्याएजो दूतावासका अनुसार उनीहरूलाई आजै नेपाल फर्काइएको छ।
सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा दूतावासले अनुरोध गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment