बाजुरामा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते
बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा जङ्गली भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्।
घाइते हुनेमा वडा नम्बर ३ धनाल्तका भिम रावतकी ४५ वर्षकी श्रमती जौकला रावत रहेकी छन्। उनलाई मेलगडेन भन्ने ठाउँमा भालुले आक्रमण गरेर गम्भीर घाइते बनाएको हो।
रावत बजारबाट काक्रा बिक्रि गरेर घर फर्किने क्रममा भालुले आक्रमण गरेको खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष विशु देवी नाथले बताएकी छन्।
उनका अनुसार,गम्भीर घाइते भएकी रावतको पाखुरा,खुट्टा र टाउको र मुखमा चोटपटक लागेको बताएकी छन्। गम्भीर घाइते भएकी उनलाई उपचारको लागी बयलपाटा अस्पताल अछाम लगिएको बताइएको छ।
छेडेदहमा भालुले आक्रमण गर्ने घटना बढि घट्ने गरेका छन्। यो भन्दा अघि पनि सोही गाउँपालिकाको वडा नम्बर ३ धुर्ताला बस्ने अन्दाजी ३५ वर्षका रणबहादुर रावतलाई भालुले आक्रमण गरि गम्भीर घाइते बनाएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment