कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए

डिसी नेपाल
८ असोज २०८२ २३:०३
48
Shares

काठमाडौं। गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका कैदीबन्दीमध्ये आज एकैदिन ६२८ जना कारागार फर्किएका छन्। कारागार व्यवस्थापन विभागले आजसम्म सात हजार ७३५ कैदीबन्दी कारागारमा फर्किएका जानकारी दिएको छ। यसअघि हिजोसम्म सात हजार १०७ जना कैदीबन्दी कारागार फर्किएका विभागले जनाएको छ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेले आज एकैदिन सबैभन्दा धेरै ६२८ जना कैदीबन्दी कारागार फर्किएका जानकारी दिए। उनले अधिकांश बैदीबन्दी आफैँ आइरहेका भन्दै कतिपयलाई पक्राउ गरेर ल्याइएको बताए।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा १४ हजार ५५६ जना कैदीबन्दी भागेका थिए। देशभर ३० हजार ६४० कैदीबन्दी थिए। जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते कारागार तोडफोड तथा आगजनी हुँदा कैदीबन्दी मुलुकभरका कारागारबाट बन्दी भागेका थिए। नेपालका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट उनीहरू भागेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.