सान्या अधिकारी बनिन् मिस युनिभर्स नेपाल २०२५
काठमाडौं। विश्व चर्चित ‘मिस युनिभर्सको नेपाल फ्रेन्चाइज मिस युनिभर्स नेपाल २०२५’को उपाधि सान्या अधिकारीले जितेकी छन्।
बुधबार बेलुका ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न ग्रान्ड फिनालेबाट सान्या बिजेता बनेसँगै आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्धितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योती थापा चौैथो उपविजेता घोषित भए । फिनालेमा १४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए।

विजेता सान्याले २ लाख नगदसहित हजारौं रकम बराबरका उपहारहरू प्राप्त गरिन् । यस्तै उनले आउँदो २१ नोभेम्बरमा थाइल्याण्डको बैंककमा हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
बिजेता बनेसँगै मिडियासँगको कुराकानीमा सान्याले नेपालमा पछिल्लो समय जेनजी प्रदर्शनका कारण टुरिजन क्षेत्रमा परेको असरबारे कुरा गरिन्। उनले बिदेशी पर्यटकलाई नेपाल शान्त भइसक्यो भन्ने सन्देश दिने बताइन् । उनले मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दैगर्दा नेपालको टुरिजम क्षेत्रसँग अन्य बिबिध कुराको प्रबद्र्धन गर्ने बताइन्।
मिस युनिभर्स नेपाल २०२५ राष्ट्रिय निर्देशन संगीता पुरीले विजेताहरु सबैलाई बधाई दिँदै आगामी दिनमा राष्ट्रको नाम राख्ने काम गर्नेमा विश्वास राखिन् । ग्लोबल ग्ल्यामर भेन्चरले केही वर्षयता नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment