प्रहरी प्रशासनको पहलमा नयाँ बानेश्वर प्रहरी वृत्तमा पुनर्निर्माणको कार्य हुँदै

डिसी नेपाल
९ असोज २०८२ १७:०१
92
Shares

काठमाडौं । नयाँ बानेश्वर प्रहरी वृत्तमा पुनर्निर्माणको कार्य भइरहेको छ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोड भएको नयाँ बानेश्वर प्रहरी वृत्तको पुनर्निर्माण, सरसफाई तथा रंगरोगनको काम भइरहेको हो।

क्षतिग्रस्त संरचनाहरूको मर्मत तथा सौन्दर्यीकरणको उद्देश्यले प्रहरी प्रशासनको पहलमा वृत्तलाई पुरानै अवस्थामा फर्काउने प्रयासस्वरूप यो कार्य भइरहेको छ।

बिहीबार कार्यालयमा रंगरोगनसँगै फर्निचरहरूको मर्मत र फोहोर हटाउने कार्य पनि भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *