मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

डिसी नेपाल
९ असोज २०८२ २१:००
144
Shares

दैलेख । कर्णाली राजमार्गअन्तर्गत आज पाल्तडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३ ०२००६ प ८५६६ नम्बरको मोटरसाइकलले कर्णाली प्रदेश ०२००१ ख ०२७५ नम्बरको ट्रकलाई ओभरट्याक गर्न खोज्दा दुर्घटना हुन गई मोटरसाइकलको पछाडि सवार कालिकोट खाडाचक्र नगरपालिका११ का १८ वर्षका एडमन शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ओभरट्याक गर्ने क्रममा मोटरसाइकलमा सवार शाही ट्रकमा ठोक्किएर सडकमा बजारिएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गणेशबहादुर बरालले जानकारी दिए।

दाङको तुल्सीपुर उपमहानगरपालिका१८ बस्ने ४८ वर्षीय ट्रक चालक बालाराम खड्का र कालिकोटको खाडाचक्र नगरपालिका११ का मोटरसाइकल चालक २३ वर्षीय बिपीन भारतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतकको शव पोष्टमार्टम कर्णाली प्रदेश अस्पतालमा भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.