नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

डिसी नेपाल
९ असोज २०८२ २३:११
36
Shares

चितवन। नारायणगढमुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ। मङ्गलबार खसेको पहिरो पन्छाएसँगै केहीबेर अघिदेखि दुईतर्फीरूपमा सडक सञ्ञ्चानमा आएको हो।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मङ्गलबार दिनको ४:३० बजेदेखि अबरुद्ध भएको सडक दुई दिन लगाएर पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो।

सडक सञ्चालन भएसँगै रोकिएका सयौँ सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्। मङ्गलबार इच्छाकामना गाउँपालिका वडा नम्बर ६ तुइन खोलामा पहिरो खसेको थियो यस सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने गर्दछन्

सडकमा गत एक सातादेखि मालबाहक सवारीहरू रोकिएका थिए भने यात्रुवाहक केही सवारीसाधन भने सडक आंशिकरूपमा खुला भएको समयमा पार भएका थिए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.