गोदावरीमा ढुङ्गाले हानेर साधुको हत्या
धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ चुनेपानीमा एक जना साधुको ढुङ्गाले हानेर हत्या गरिएको छ। चुनेपानीमा रहेको लक्ष्मीनारायण मन्दिरको बगैँचामा रहेको कुटीमा बस्दै आएका साधु अर्थात् भगत रामनारायण डगौराको हत्या भएको हो।
बुधबार अन्दाजी साढे बाह्र बजे राति साधु डगौराको हत्या भएको प्रहरीले जनाएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी ठेगाना भएका ७८ वर्षीय साधु डगौराको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरिएको प्रारम्भीक अनुसन्धानमा खुलेको कैलाली प्रहरीले जनाएको छ। प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment