रिभल्वर र बिनेटसहित एक जना पक्राउ

डिसी नेपाल
१० असोज २०८२ २०:२३
72
Shares

काठमाडौं । प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ नयाँ बस्तीबाट रभल्वर र बिनेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २१ वर्षीय विजय तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पूर्णिमा चन्दले राससलाई जानकारी दिए।

उनले भने, ‘प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले निजको कोठाको तलासी गर्दा रिभल्वर एक थान र बिनेट एक थानसहित फेला पारी पक्राउ गरेको हो।’ पक्राउ परेका निज तामाङका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *