चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भूकम्प
काठमाडौं । चीनको उत्तरपश्चिम गान्सु प्रान्तको डिङ्सी सिटीस्थित लोङ्सी काउन्टीमा शनिबार ५.६ रेक्टरस्केलको भुकम्प गएपछि उक्त क्षेत्रभरि ठूलो धक्का महसुस् गरिएको छ।
सीसीटीभी क्यामेरामा कैद दृश्यमा घरभित्रको छतको बत्ती र विभिन्न पोखरीहरुमा भएका माछा जोडले हल्लिएको देखिन्छ। स्थानीय आवासीय क्षेत्रमा केही घर भत्किएका छन्।
भूकम्प प्रभावित क्षेत्रमा तुरुन्तै उद्धार टोली परिचालन गरिएको छ। अग्नि नियन्त्रणका सवारी साधनहरू तीव्र गतिमा घटनास्थलतर्फ जाँदै गरेका देखिन्छन् भने परिचालित अग्नि नियन्त्रणकर्मीहरूले मलबा हटाउने र उद्धार कार्य सुरु गरेका छन्।
क्षति र सम्भावित मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन। उद्धार तथा राहत कार्य भने निरन्तर जारी छ।
सीसीटीभी
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment