प्रताप र समिक्षाको स्वरमा ‘वयान’, सन्तोष र प्रियनाको जीवन्त प्रस्तुति

डिसी नेपाल
११ असोज २०८२ २०:५८
404
Shares

नुवाकोट । गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘वयान’ भव्य समारोहका साथ सार्वजनिक भएको छ। नुवाकोट बिदुरस्थित शिवालय सिनेप्लेक्समा आयोजित विशेष कार्यक्रममा गीतको भिडियो पहिलो पटक दर्शक सामु प्रस्तुत गरिएको हो। कार्यक्रममा भिडियो निर्माणसँगै स्थानीय प्रतिष्ठित व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति थियो।

शब्द सन्तोष सरगम अधिकारी र संगीत सरोज पोखरेलको रहेको यस गीतमा, निर्देशक रोशन दासले सन्तोष सरगम अधिकारीको संघर्ष र सफलताको जीवनयात्रालाई कथा जस्तै उतार्ने प्रयास गरेका छन्।

भिडियोको छायांकन नितेश घतान र सम्पादन बिनोद बमले गरेका हुन्। भिडियोमा सन्तोष सरगम अधिकारी, प्रियना आचार्य, नारायण बिक र रुपा पुडासैनीलाई फिचर गरिएको छ। पहिलो पटक अभिनय गरेका सन्तोष र प्रियना बीचको केमेस्ट्री दर्शकलाई लोभ्याउने खालको देखिन्छ।

सन्तोष सरगम अधिकारीकै निर्माणमा बनेको यो भिडियो सरोज पोखरेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। भिडियोमा नुवाकोटका विभिन्न रमणीय स्थलहरुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ, जसले दृश्यलाई अझ आकर्षक बनाएको छ।





प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.